प्रदेशस्तरीय स्ववियु फुटसलमा कास्की–११ च्याम्पियन

नवलपुर | असार ९, २०८१

प्रदेशस्तरीय स्ववियु फुटसलमा कास्की–११ च्याम्पियन

पोखरा:    सेन्ट्रल जोन कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिको आयोजनामासम्पन्न गण्डकी प्रदेशस्तरीय स्ववियु फुटसल प्रतियोगितामा कास्की –११ च्याम्पियन भएको छ । 

 

नवलपुरको कावासोती फुटसल जोनमा शनिबार भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै कास्की –११ च्याम्पियन भएको हो ।

 

च्याम्पियनबनेसँगै कास्कीले नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको तनहुँले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगिताबाट तनहँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र उत्कृष्ट गोलरक्षकका रुपमा कास्कीका सुदिप सुनार पुरस्कृत भए । 

 

प्रतियोगितामा प्रदेशभरबाट कुल ७ टिमको सहभागिता रहेको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्